रास्वपाले सडक दुर्गन्धित बनायो : पूर्ण बस्नेत

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ९

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रास्वपाले सडक प्रदुषित र दुर्गन्धित बनाएको आरोप लगाएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउपश्चात रास्वपाले गरिरहेको सडक आन्दोलनलाई लक्षीत गर्दै बस्नेतले सडक हिजोसम्म पीडितको एक भरोसा रहेकोमा आज त्यही सडक पनि पीडक र आरोपितले कब्जा गरेको बताएका छन् । बस्नेतले सडकलाई ठगहरुले बन्धक बनाएको र पीडितको छाती छियाछिया हुने गरी बुट बजारिरहेको बताएका छन् ।

रास्वपाले सडकलाई झुट र भ्रम ओकल्ने थलो बनाएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *