×

अटोमा पेट्रोल खन्याउने क्रममा आगो सल्किँदा दुई बालबालिका घाइते

अशोज १७, २०८१ | दाक्सु मिडिया

पाँचथर : पेट्रोलमा आगो सल्किँदा फिदिम नगरपालिका-४ का २ जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा फिदिम-४ का देवीप्रसाद पौडेलकी १३ वर्षीया छोरी सोनिया पौडेल र ११ वर्षीय छोरा बादल पौडेल छन् ।

फिदिम-४ थापाटार घर भएका उनीहरू पम्पबाट लगेको ग्यालिनमा पेट्रोलनजिकै मैनबत्ती बालेर अटोमा खन्याउने क्रममा आगो सल्किँदा घाइते भएका हुन् ।

बुधबार राति भएको घटनाका घाइते दुवैजनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको छ । दुवै जनाको आईसीयूमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको बताइएको छ । असोज १२ गते गएको बाढीका कारण सडक अवरुद्ध हुँदा जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति सहज छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: