काठमाडौं : साताको चौथो कारोबार दिन (बुधबार)को प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से) ३.३५ अंकले बढेको छ । ३.३५ अंकले बढ्दै नेप्से २६३६.२९ को बिन्दुमा उक्लिएको छ ।
प्रिसेसनमा ४७ कम्पनीको कारोबार भएको छ । जसमा २४ कम्पनीको मूल्यमा बृद्धि भएको छ भने १५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
प्रिसेसनमा जलविद्यूत क्षेत्रका कम्पनीहरुको कारोबार उच्च भएको छ ।
यसअघिका दिन तुलनामा उच्च कारोबार भएको प्रिसेसनमा २६६३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १६ लाख ५१ हजार ४३० रुपैयाँको भयो ।
यसअघि मंगलबार १३.०९ अंकले घट्दै नेप्से २६३२.९४ को बिन्दुमा बन्द भएको थियो । मंगलबार सूचकसँगै कारोबार रकम पनि भारी अंकले गिरावट आएको थियो ।
सरदर १० अर्ब हाराहारीमा कारोबार भइरहेको नेप्सेमा मंगलबार केही महिना यताकै कम ७ अर्ब २४ करोडमै कारोबार खुम्चिएको थियो ।
निरन्तरको गिरावटका बिच आजदेखि नेप्सेले कस्तो यात्रा गर्ला ? धेरै अन्योलमा छन् । कतिपयले यसलाई करेक्सन भनिरहेका छन् त कतिपयले यसलाई बुल सकिएको बताएका छन् । जसको तय आजको कारोबारदेखि हुनसक्ने अनुमान धेरैको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया