क्यानडाले विदेशी श्रमिकको सङ्ख्या घटाउँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र ११

काठमाडौँ : क्यानडा सरकारले विदेशी श्रमिकको सङ्ख्या कम गर्ने रणनीति अपनाउने भएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले देशमा कम तलब भएका व्यक्ति र अस्थायी विदेशी श्रमिकहरूको सङ्ख्या घटाउने विषयमा सरकारले काम सुरु गरेको बताए।

बीबीसीका अनुसार सोमवार क्यानेडियन प्रधानमन्त्री जस्टिनले अबदेखि क्यानडाका व्यवसायका लागि घरेलु कामदार र युवामाथि लगानी गर्ने समय आएको बताए। आफ्नो सामाजिक सञ्जालमार्फत् सोबारे जानकारी दिँदै उनले अब मुलुकको लेबर मार्केट फेरिएको भन्दै क्यानडामा कम तलब भएका र अस्थायी विदेशी श्रमिकको सङ्ख्या कम गर्न लागेको बताए।

क्यानडामा बढ्दो जनसङ्ख्याका कारण त्यहाँ आवास र स्वास्थय सेवा जस्ता सार्वजनिक सेवा प्रभावित बनेको बेला सरकारले उक्त निर्णय गरेको हो। क्यानडामा आप्रवासीका कारण जनसङ्ख्या वृद्धि भएको र पछिल्लो २ महिनामा त्यहाँको बेरोजगारी दर ६.४ प्रतिशतले बढेको बताइएको छ। क्यानडामा हाल १४ लाख नागरिक बेरोजगार रहेका छन्। क्यानडा सरकारको उक्त निर्णय पछि नेपालबाट जाने कामदारलाई समस्या हुन सक्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *