×

श्रीमानसँग सम्बन्धविच्छेद गर्न खोज्दा आफ्नै बाबु र काकाले काटिदिए खुट्टा

साउन १९, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : श्रीमानसँग सम्बन्धविच्छेद गर्न खोज्ने एक जना महिलाको खुट्टा काटिएको घटना बाहिरिएको छ । यो घटना पाकिस्तानको गुल शहरको हो ।

श्रीमानले बारम्बार आफूमाथि हिंसा गर्ने गरेको भन्दै सम्बन्धविच्छेद गर्न चाहने महिलाको खुट्टा उनकै बाबु र काकाले काटिदिएका हुन् ।
घटनामा सोबिया बतुल शाह गम्भीर घाइते भएकी छिन् । उनी हिड्नै नसक्ने अवस्थामा रहेको जनाइएको छ ।

बाबु सइद मुस्तफा शाह र उनका काकाहरु सइद कुरबान शाह, एशान शाह, शाह नवाज र मुस्ताक शाह मिलेर सोबियाको खुट्टा काटिदिएको पाकिस्तानको जियो न्युजले जनाएको छ । बन्चरो प्रहार गरेर सोबियाको कुट्टा काटेपछि उनीहरु फरार भएका थिए ।

प्रहरी घटनास्थल पुग्दा सोबिया रगतले लतपतिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई तत्कालै नवाव शाह अस्पताल लगिएको जियो न्युजले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: