एक करोड १७ लाख अपचलन गरी बैंक मेनेजर फरार

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १७

बिर्तामोड : ग्राहकको एक करोड १७ लाख रुपैयाँ अपचलन गरी  बैंक मेनेजर फरार भएका छन्।

झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपैयाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। बिर्तामोड –५ स्थित मम फ्याक्ट्रिका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती  मन्जु नेपालका नाममा रहेको  प्रभु बैङ्क बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपैयाँ गायब गरिएको भन्दै बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बताए।

बिर्तामोड  निवासी नेपालले  श्रीमती मन्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा  एक करोड १९ लाख रुपैयाँ  जम्मा गरेकोमा ६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा आफ्नो  खातामा २ लाख मात्र बाँकी मौज्दात देखिएको उनको भनाइ छ।बैङ्कका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा जम्मा गरेको रकम नियतवश हिनामिना गरी आफ्नो दुई वटै मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका छन्।

मेनेजरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ। त्यसबारे बैङ्कका प्रबन्धक गणेशबहादुर बरालले  नेपालले  व्यक्तिगत उजुरी हालेको बताउँदै बैङ्कले पनि केन्द्रबाटै छानबिन समिति बनाएर अनुसन्धान प्रक्रिया सुरु गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *