पहिरोमा पुरिएको भोलिपल्ट एसईई पासको नतिजा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १४

काठमाडौँ : लमजुङको दोर्दी गाउँपालिका-९, स्याउत सुनार गाउँका १६ वर्षीय विकल सुनारले चैतमा दिएको एसईईको नतिजा भोलिपल्ट (असार १३ गते) आउँदै थियो। उनी त्यसका लागि उत्सुक थिए। तर दुर्भाग्य! अघिल्लो दिन बुधबार (असार १२ गते) बिहानै उनलाई चिकित्सकले मृत घोषणा गरे। मंगलबार राति उनी सुतिरहेको घर पहिरोले पुर्‍यो। दाइ १८ वर्षीय मिलन सुनारसहित उनी पनि घाइते भए।

दुवैजनालाई उपचारका लागि बुधबार बिहानै बेँसीसहरस्थित लमजुङ अस्पताल ल्याइयो। तर ल्याउनेबित्तिकै दुई दाजुभाइमध्ये विकललाई चिकित्सकले मृत घोषणा गरे। त्यसको भोलिपल्ट बिहीबार (असार १३ गते) बिहान एसईईको नतिजा सार्वजनिक भयो। स्थानीय जनकल्याण माध्यमिक विद्यालयमा पढ्ने उनी पनि २.८० जीपीएका साथ उत्तीर्ण भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *