संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आयो : पूर्वसभामुख सापकोटा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १४

काठमाडौँ : पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन्।

शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको बताए।

उनले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनैपनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गरे। उनले सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने बताए। पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *