सबैको गीत चलोस्, फिल्म चलोस्, रुँदै हिड्न नपरोस् : गायिका अधिकारी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १२

काठमाडौं : गायिका समीक्षा अधिकारीले कुनै पनि कलाकारले रुँदै हिँड्न नपरोस् भनेर कामना गरेकी छन् ।

मं‌गलबार दिउँसो सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै समीक्षाले आफूलाई भाग्यमानी पनि भनेकी छिन् भने फिल्म चल्न रुँदै हिँडन् नपरोस भनेर व्यंग्य कस्न पनि भ्याएकी छिन् । साथै उनले असफल हुँदा खुसी हुने र सफल हुँदा खुट्टा तान्नेहरू धेरै भेटिने भए पनि सबै कलाकारहरूलाई सफलता मिलोस् भन्ने आफ्नो चाहना रहेको बताएकी छन् ।

सबैलाई एकदिन मर्नु नै पर्छ। बाँचुन्जेली रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र म त झन उठ्नै लाग्दा बेस्सरी ठेश लागेर लडेकी चेली पो हुँ त’ उनेल भनेकी छन् ‘मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसै कारण म संसारकै भाग्यमानी छु झै लाग्छ । असफल हुदा खुसी हुनेहरु धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरु झनै कत्ति कत्ति। म चाहान्छु, सबै कलाकारहरुलाई सफलता मिलोस्, उहाँहरुको गीत चलोस्, फिल्म चलोस्। रुदैं हिड्न नपरोस्।

गायिका समीक्षाले यो पटकको स्टाटस भने उनले कसलाई लेखेकी हुन भन्ने बुझ्न गाह्रो छ। तर, समय समयमा पूजाको नाम नलिइकनै विभिन्न व्यंग्यात्मक स्टाटसहरु लेखिरहेकै हुन्छिन् । उनको यो उक्त व्यंग्य रहित स्टाटस नायिका पूजा शर्माकै लागि गरेकी हुन् भन्ने प्रतिक्रिया धेरैले दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *