×

महासंघ गण्डकी प्रदेशले वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई सघाउने

चैत्र १९, २०७९ | दाक्सु मिडिया सम्वाददाता

उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा महासंघ गण्डकी प्रदेशले वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठलाई सघाउने भएको छ ।

शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई सघाउने सर्वसम्मत निर्णय गरेको हो ।

पोखरा उद्योग बाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मतरुपमा जिताउने निर्णय भएको प्रदेश महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरेको हो । बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग बाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केहि जिल्ला नगरका अध्यक्षहरुको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: