×

पर्साको ग्रामीण भेकलाई लक्षित गर्दै स्वास्थ्य शिविर

फाल्गुन २७, २०७९ | दाक्सु मिडिया

पर्साको ग्रामीण भेकलाई लक्षित गर्दै पर्सा चिकित्सक श्रीमती संघको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

वडा कार्यालयको समन्वयमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का सेवाग्राहीलाई लक्षित गर्दै संघले आज शिविरको आयोजना गरेको हो ।

शिविरमा बिहानैदेखि स्वास्थ्य जाँचका लागि स्थानीयवासीको उपस्थिति बाक्लो देखिएको छ । संघकी सचिव निशा सिंहले ग्रामीण भेगका जनताहरूलाई चेकजाँचकै लागि सहर धाउन पर्ने बाध्यता तथा आर्थिक अवस्थाको ख्याल गर्दै स्वास्थ्य सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले चिकित्सकहरूको टोली सहित गाउँमै आइपुगेको बताइन् ।

त्यस्तै वडा नम्बर ३० का वडा अध्यक्ष मनोज कुमार यादवले पनि बेला बेलामा गाउँमै सञ्चालन हुने यस्ता शिविरले ग्रामीण भेगका जनताहरू लाभान्वित हुँदै आएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: