शेलेस स्याम्पाका पुर्खा भारतीय थिए। उनका हजुरबुबा भारत छाडेर अफ्रिकाको युगाण्डा पुगे, उनी त्यहीँ जन्मिए। सानै उमेरमा उनको परिवार बेलायत पुग्यो। अहिले उनी बेलायती नागरिक हुन्। श्रीमती र साथीहरुसँग नेपाल आइपुगेका उनले यसपाली चितवनको पटिहानीस्थित सोल्टी वेस्टएण्ड रिसोर्टमा रंग दलेर होली खेले।
‘मेरा पुर्खाहरु भारतबाट बसाइसरेर युगाण्डा हुँदै बेलायत पुगेका हुन्। होली मेरो पुर्खाको पर्व पनि हो। यसपाली चितवनमा होली खेल्न पाउँदा मैले मेरा पुर्खालाई स्मरण गरें,’ स्याम्पाले भने।
बाल्यकालमा अफ्रिकाका जंगल उनी निकै घुमेका थिए। त्यहाँ दुई सिंगे गैंडा देखेका उनले यसपाली चितवन राष्ट्रिय निकुञ्जको एक सिंगे गैंडा पनि देखे।
‘जंगल सफारीमा जाँदा भर्खरै जन्मिएको बच्चासहितको एक सिंगे गैंडा नजिकैबाट देख्न पाउँदा मलाई असाध्यै रमाइलो लाग्यो,’ उनले भने, ‘चित्रमा, चिडियाखानामा देखेको कुरा आफ्नै आँखाले देख्न पाउँदा खुसीको सीमा छैन।’
फेसबुकबाट तपाईको प्रतिक्रिया