|
२०७९ फाल्गुन २३
सत्ता घटकका आठ दलको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजे बोलाइएको छ । ‘पर्सी हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको हो,’ आठ दलले गठन गरेको कार्यदलका सदस्य अब्दुल खाँनले भने,‘राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न लागेका हौं ।’
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्