×

पोर्सेका गाउँले जसलाई अब सगरमाथा पनि अग्लो लाग्दैन

फाल्गुन २०, २०७९ | दाक्सु मिडिया सम्वाददाता

पोर्से गाउँ खुम्बु उपत्यकाको अग्लो पठारमा छ। चारैतिर हिउँका पहाड र कहीं–कहीं हरियालीले भरिएको यो बस्ती निकै सुन्दर छ। सुन्दर बस्तीमा बस्ने साहसी शेर्पाहरूलाई अब त सगरमाथा पनि अग्लो लाग्न छाडेको छ।

३८०० मिटरको उचाइमा २० वर्षका दुई युवा धागो कातेर बसिरहेका थिए। उनीहरुलाई सगरमाथा चढ्नुभएको छ/छैन भन्ने प्रश्न राख्दा एकले चढेको जवाफ दिए। गेस्टहाउसमा पुग्दा पनेरू शेर्पा चिया टक्र्याइरहेका थिए। उनलाई सगरमाथा चढ्नुभएको छ भन्ने प्रश्न सोध्दा उनले आरोहण सरल नै रहेको भान हुने गरी भने, ‘अब किन चढ्नु १३ पटक पुगिसकें।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: