चारैतिर हिउँका पहाड र कहीं–कहीं हरियालीले भरिएको यो बस्ती निकै सुन्दर छ। सुन्दर बस्तीमा बस्ने साहसी शेर्पाहरूलाई अब त सगरमाथा पनि अग्लो लाग्न छाडेको छ।
३८०० मिटरको उचाइमा २० वर्षका दुई युवा धागो कातेर बसिरहेका थिए। उनीहरुलाई सगरमाथा चढ्नुभएको छ/छैन भन्ने प्रश्न राख्दा एकले चढेको जवाफ दिए। गेस्टहाउसमा पुग्दा पनेरू शेर्पा चिया टक्र्याइरहेका थिए। उनलाई सगरमाथा चढ्नुभएको छ भन्ने प्रश्न सोध्दा उनले आरोहण सरल नै रहेको भान हुने गरी भने, ‘अब किन चढ्नु १३ पटक पुगिसकें।’
फेसबुकबाट तपाईको प्रतिक्रिया