×

महाकुलुङ-२ का ६० घरधुरी लाई विद्युतीय चुलो वितरण

बैशाख ६, २०८१ | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु । पेल्माङ विकासका लागि सहयोगी हातहरु संस्थाले महाकुलुङ गाउँपालिका वडा नम्बर २ भित्रका ६० घर धुरी लाई बाल्ट्रा कम्पनीको ईन्डक्सन ( विद्युतीय चुलो) वितरण गरेको छ।

संस्थाले चुलो संगै बुधबार पेल्माङ स्वास्थ चौकिमा तीन लाख बराबरको कोरियन थेरापी मेसिन समेत हस्तान्तरण गरेको वडा नम्बर २ का अध्यक्ष प्रदिप कुलुङले बताउनु भयो । कुलुङका अनुसार पहिलो लटमा ६० घर धुरीले प्राप्त गरे परिक्षण पछि संस्थाले थप गर्न सक्नेछन ।´ कुलुङले थप्नु भयो ´ मेरुदण्ड भाचिएको र गर्भवती महिला बाहेक हरेक थेरापी गर्न मिल्ने रहेछ ।

संस्थाले स्वास्थ , शिक्षा लगायत अन्य क्षेत्रमा स्थापन कालदेखिनै विषेश गरि गाउँपालिकाको वडा नम्बर २ मा सहयोग गर्दै आएको पेल्माङ विकासका लागि सहयोगी हातहरु संस्थाका अध्यक्ष मछिन्द्र कुलुङको भनाई छ ।

कार्यक्रममा महाकुलुङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रदिप कुलुङ, वडा नम्बर ५ का अध्यक्ष महल सिंह कुलुङ , संस्थाको तर्फ बाट अध्यक्ष मछिन्द्र कुलुङ लगायत जर्मनी नागरिकको उपस्थित रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: