सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकामा पर्यटन उद्यमशीलता बिकास,पर्यटन सत्कार ,आधारभूत कुकिङ्ग तथा सर-सफाई ४ दिने कुक तालिम सम्पन्न भएको छ। ट्रेकिङ्ग एजेन्सी एसोसियसन अफ नेपाल (TAAN ) र गाउँपालिकाको साझेदारीमा सम्पन्न उक्त तालिममा २० जनाको सहभागी रहेको थियो।
गाउँपालिकाको सभाहल खास्ताबमा आज (आईतवार) सम्पन्न तालीमले पर्यटन क्षेत्रमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको भनाई छ। उहाले थप्नु भयो यो तालिमले होटल पसल व्यवसाय संचालन मात्र नभै सरसफाइ देखी आगन्तुक पाहुनाको आदर सत्कार सम्म कसरी गर्ने सिक्नुहुने छ।
तालिममा सहभागी पेयस लामाका अनुसार व्यवसाय सँग सम्बन्धित महत्त्वपूर्ण तालिम पालिकामै लिन पाउदा खुसी रहेको बताउनु हुँदै व्यावसायिक र पर्यटन प्रवर्द्धनमा विषेश साथ मिलेको बताउनु भयो।
पालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ्ग एजेन्सी एसोसियसन अफ नेपाल (TAAN ) संग हालै सम्पन्न एभरेस्ट भ्यु ट्रेल म्याराथन, महभिरमा रक क्लाईमिङ, एभरेस्ट दुधकोशी कलचरल ट्रेकिङ रुटमा सहकार्य गरि अहिले निरन्तरता पाईरहेको छ। ट्रेकिङ रुटमा आन्तरिक तथा बाह्य पर्यटनको उपस्थित समेत हुन थालेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया