एभेरेष्ट दुधकोसि कल्चर ट्रेल’ लञ्चिङ भाद्र १६ गते काठमाडौंमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १३

१३ भदौ, काठमाडौं । सोलुखुम्बु जिल्लाको साँस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण माप्य दूधकोशी गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा नयाँ युगको शुरुवात गर्न लागेको छ। गाउँपालिकाको सक्रिय समन्वयमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ्ग एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) को सहकार्यमा तयार गरिएको पाँचदेखि नौ दिन अवधिको ‘एभेरेष्ट दुधकोसि कल्चर ट्रेल’लाई आगामी भाद्र १६ गते (१ सेप्टेम्बर २०२५) नेपाल पर्यटन बोर्डको सभाहलमा भव्य रूपमा लञ्च गरिने भएको छ।

यो परियोजनाले स्थानीय समुदायको जीविकोपार्जनमा नयाँ जीवन प्रदान गर्दै, दिगो र जिम्मेवार पर्यटन प्रवद्र्धनलाई मुख्य लक्ष्य बनाएको छ। माप्य दूधकोशी गाउँपालिका मात्र नभई आसपासका पालिकाहरूलाई समेत समेटेर तयार गरिएको यस ट्रेकले क्षेत्रको सांस्कृतिक विविधता, परम्परा र प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउने छ।

कार्यक्रममा माननीय रक्षा मन्त्री मानवीर राईज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन् भने २०० भन्दा बढी ट्रेकिङ एजेन्सी, अनुभवी टेकिङ गाइड, सरकारी निकायका प्रतिनिधि, पर्यटन क्षेत्रका छाता संगठन र सञ्चारकर्मीहरू समेत सहभागी हुनेछन्।

गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा देखाएको उत्साह र प्रतिबद्धताले यो क्षेत्रमा दिगो विकासको बाटो खुल्ने विश्वास गरिएको छ। आगामी कार्यक्रमले माप्य दूधकोशी गाउँपालिकालाई मात्र नभई सोलुखुम्बुको पर्यटन क्षेत्रमा एक नवीन अध्याय थप्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *