गुल्मीमा देवरले बलात्कार गरेपछि अर्थनग्न अवस्थामा गुहार माग्न हिँडेकी थिइन् भाउजु

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १७

गुल्मी – पछिल्लो समय दिनप्रति दिन घर परिवारबाटै अशुरक्षित छन् महिलाहरु। यहाँसम्म कि शरिर नै सिरिङ्ग हुने घटना बाहिर आयो गुल्मीमा। आफ्नै बाबुद्धारा पटक पटकको बलात्कारपछि गर्भधारण हुन गइ छोरी समेत जन्माइन् १४ बर्षीया बालिकाले।

त्यो घटना सेलाउन नपाउँदै फेरी गुल्मीमा अर्को घटना बाहिर आयो। देवरद्धारा भाउजु बलात्कारको सिकार भइन्। चैत १४ गते राती गुल्मीको मुसिकोट नगरपालिका–१ पौदी अमराईमा काठमाडौबाट घर आउँदै गरेका देवरले बाटैबाट फोन गरेर खान पकाएर राख्न भाउजुलााई आग्रह गरेका थिए।

एक जना स्थानीय भन्छन्, ‘साँझ घर आएका भाउजुले देवरलाई खान खुवाई सकेपछि घरको तलामा सुत्न गएकी भाउजुलाई झ्यालको डन्डी फोडेर भित्र पसेर बलात्कार गरेपछि उनी भागेर हिँडे। उता भाउजु अर्थनग्न अवस्थामा गाउँमा गुहार माग्न हिँडिन्।’

प्रहरी अनुसन्धानबाट सुरुमा देबरले पहिला बाटोमा दाजुलाई फोन गरेर सोधको थिए, दाजु कता हुनुहुन्छरु दाजुले बाग्लुङ्गको दाँगामा काम गर्न आएको छु भनेपछि उनी दाईको घर पुगेका थिए।

घरमा एक्लै रहेकी भाउजुलाई बलात्कार गरि सकेपछि भागेका उनलाई सोमबार बिहान बामीटक्सारबाट पक्राउ गरिएको गुल्मी जिल्लाका प्रहरी प्रवक्ता डिएसपी पुर्षोतम प्रसाद पाण्डेले जानकारी दिए।

उनलाई सोमवार नै जिल्ला अदालमा पेश गरि ७ दिन म्याद थप गरिएको पाण्डेले बताए। स्थानीयका अनुसार यसअघि ति देवरले एकजना समाजसेवीको ६० हजार नगद चोरी गरि काठमाडौंतर्फ भागेका थिए

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *