काठमाडौं । युक्रेनको ओडेसा क्षेत्रका बन्दरगाह नजिक ड्रोन आक्रमण हुँदा चिनियाँ स्वामित्वको मालवाहक जहाज क्षतिग्रस्त भएको छ । यो घटना रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबिच भेटवार्ताका लागि पुटिन बेइजिङ जानुअघि भएको हो ।
युक्रेन स्पोर्ट्स अथोरिटीका अनुसार सोमबार भएको आक्रमणमा दुई नागरिक जहाजलाई निशाना बनाइएका थिए । तीमध्ये एउटा मार्सल आइल्यान्ड्सको झन्डा बोकेको र अर्को गिनी–बिसाउको झन्डा बोकेको जहाज रहेको बताइएको छ ।
युक्रेनी नौसेनाका अनुसार प्रभावित जहाजमध्ये केएसएल देयाङ पनि रहेको छ, जुन चिनियाँ स्वामित्वमा रहेको र मार्सल आइल्यान्ड्सको झन्डामुनि सञ्चालन भइरहेको मालवाहक जहाज हो । आक्रमणपछि जहाजको एक भाग जलेको तस्बिर सार्वजनिक गरिएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत रुसले बन्दरगाह क्षेत्र लक्षित गर्दै नागरिक जहाजमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्