काठमाण्डौँ । चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा अमेरिका र चीनबिच बहुप्रतिक्षित द्विपक्षीय वार्ता सुरु भएको छ । वार्ताको प्रारम्भिक मन्तव्यका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रतिनिधिमण्डललाई स्वागत गर्दै दुई देश प्रतिद्वन्द्वी नभएर साझेदार हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति सीले वर्तमान समयमा विश्वले एक शताब्दीमा नदेखिएको ठुलो परिवर्तन बेहोरिरहेको र अन्तर्राष्ट्रिय परिस्थिति निकै अस्थिर र उतारचढावपूर्ण रहेको उल्लेख गरे। उनले अहिलेको विश्व नयाँ दोसाँधमा उभिएको बताउँदै ‘के चीन र अमेरिकाले ‘थुसिडाइड्स ट्रयाप’ लाई पन्छाएर सम्बन्धको नयाँ नमुना स्थापित गर्न सक्लान् ?’ भन्ने प्रश्न गरे।
सीले विश्वका प्रमुख दुई शक्ति राष्ट्रका रूपमा इतिहास र मानवताको भविष्यका लागि यी प्रश्नहरूको जवाफ दिनु आफूहरूको जिम्मेवारी भएको बताए। सोही अवसरमा उनले अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा ट्रम्प र संयुक्त राज्य अमेरिकालाई बधाई समेत दिए।
दुई देशबिच मतभेदभन्दा साझा हितका विषय धेरै रहेको उल्लेख गर्दै सीले एकको सफलता अर्कोका लागि अवसर भएको र स्थिर द्विपक्षीय सम्बन्धले विश्वकै भलो हुने विश्वास व्यक्त गरे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्