जहाज दुर्घटना: दुई ग्राउन्ड स्टाफको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

हङकङ — हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एक कार्गो जहाज दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। इमिरेट्स एयरलाइन्सको उडान ईके९७८८ अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुर्घटना भएको हो।

स्थानीय समय अनुसार बिहान ०३:५० बजे हङकङ आइपुगेको उक्त बोइङ विमानले अवतरणका क्रममा धावनमार्गको दक्षिणपट्टि रहेको सवारी साधनमा ठक्कर दिएको थियो। सो सवारीमा सवार दुई ‘ग्राउन्ड स्टाफ’ समुद्रमा खसेका थिए।

दुवै जनालाई उद्धार गरिए पनि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हङकङ प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *