भारत र पाकिस्तानबीच द्धन्द्ध मोदीले युरोप भ्रमण रद्द गरे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ बैशाख २४

काठमाण्डौँ । भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ ।

पाकिस्तानी दाबीको विपरीत भारतले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतङ्कवादी शिविरहरूमा प्रहार गरिएको जिकिर गरेको छ ।

दुई देशको तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आगामी युरोप भ्रमण रद्द गरेको अलजजिराले लेखेको छ। उनले अहिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ट सदस्यहरूसाग बैठक गरिरहेका छन् ।

भारत(प्रशासित कश्मीरमा अहिलेको स्थितिबारे थप विवरण आएको छ, जहाँ रातभर सीमा पारिबाट भएको गोलीबारीमा केही मानिसको ज्यान गएको छ।

सीमा नजिकका गाउँहरूमा बसोबास गर्नेले रातभर कडा गोलाबारी भएको बताएका छन् । धेरैजसोले घर छाडेका छन् भने केहीले लामो समयदेखि प्रयोगमा नरहेका बंकरहरूमा शरण लिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *