|
२०७८ फाल्गुन १८
युक्रेनले संघर्षका बेला रुसका ५,८४० सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको सेनाले प्रारम्भिक तथ्याङ्कमा रुसी सेनाले आक्रमण सुरु भएदेखि यता भएका सबै क्षतिहरु समावेश गरेको जनाएको छ ।
बीबीसीले यो दाबीको स्वतन्त्ररुपमा पुष्टि नगर्ने बताएको छ । तर बेलायतका रक्षा मन्त्रालयका अनुसार युक्रेनमाथि हमलाका बेला रुसी सेनाको भारी क्षती भएको छ ।
युक्रेनले जुन दाबी गरेको छ त्यस अनुसार रुसलाई भएको हानी यस प्रकार छन्ः
५,४८० सैनिक
३० विमान
३१ हेलिकोप्टर
२११ ट्याङ्क
८६२ बख्तरबन्द गाडी
८५ आर्टिलरी सिस्टम्स
९ एन्टी एयरक्राफ्ट सिस्टम्स
६० फ्युल ट्याङ्क्स
३५५ सैन्य वाहन
४० एमएलआरएस रकेट लञ्चर्स (समातिए)
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्