काठमाण्डौँ । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देहीको सियारी गाउँपालिका–६, बर्दहवास्थित दुर्गादेवी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशारोग, स्त्री तथा प्रसूतिरोग, नाक, कान तथा घाँटीरोग, आन्तरिक रोग र दाँत तथा मुखरोग परीक्षण गरिएको थियो । लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरेकृष्ण डेन्टल बुटवलको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा ६०० भन्दा बढी मानिसले स्वास्थ्य परीक्षण गराए ।
कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रहेका व्यक्तिहरूलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउनु, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्घि तथा रोकथाम गर्नु रहेको बैंकले जनाएको छ ।
त्यस अवसरमा बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले यस्ता शिविरले समुदायको स्वास्थ्यस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्