|
२०७८ जेष्ठ १७
१७ जेठ, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीबाट कोरोनाको नक्कली औषधि बिक्री वितरण गरेको आरोपमा ३ सय ५० जनाभन्दा बढी ब्यक्ति पक्राउ परेका छन् ।
ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेम नाथले बताए। उनले यस्तो ठगीलाई तल्लोस्तरको मानवताविरोधी अपराध पनि भनेका छन् ।
भारतमा बितेको चौबीस घण्टामा मात्रै कोरोना भाइरसका एक लाख ६५ हजार नयाँ संक्रमित भेटिएको ३ हजार ४६० जनाको ज्यान गएको तथ्यांक छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्