काठमाडाैंका विभिन्न टाेलटाेलमा निशुल्क काेराेना परीक्षण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १६

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले विभिन्न टोलटोलमा निशुल्क बृहत् पीसीआर परीक्षण गरिरहेको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले जनाए अनुसार कोभिड–१९ को संक्रमणको परीक्षण बढाउन महानगरपालिकाको ३२ वटै वडामा केन्द्र तोकी पीसीआर सँगै स्वास्थ्य सेवा विभागको समन्वयमा समुदायस्तरमा एन्टिजेन परीक्षण सञ्चालन गरिएको हो । 

पाँच दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रमोर्चामा रहेर काम गर्ने व्यक्ति, कोभिडको लक्षण देखिए पनि परीक्षण नगरेका व्यक्तिहरूलाई केन्द्रमा राखिएको महानगरल‍े जनाएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *