याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाडौं । याम्बालिङ हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २ लाख १० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८३ हजार ३९६ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १० लाख ९६ हजार २९० कित्ताका लागि आवेदन परेको थियो ।

मागभन्दा ५.२२ गुणा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथामार्फत बाँडफाँट गरेको हो । जसमध्ये २१ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यस आईपीओको निष्कासन तथा व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *