काठमाडौँ । बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन ७४.७३ अंक घटेको बजार आज ५.८२ अंक बढेको हो ।
आजको कारोबारपछि नेप्से २७८२ अंकमा कायम भएको छ । आज बजार खुलेपछि केही उतारचढावका बीच दिउँसो १ः०७ बजे नेप्से परिसूचक २८०८ अंकसम्म पुग्यो । जुन अंक कारोबार अवधिभरको अधिकतम रह्यो ।
बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब १० करोडको कारोबार भएकोमा आज ८ अर्ब ८१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्यो, १५८ को घट्यो भने १२ को स्थिर रह्यो ।
व्यापार सबैभन्दा धेरै २.५३ प्रतिशत बढ्यो । त्यस्तै उत्पादन तथा प्रशोधन १.७६ प्रतिशत, लगानी ०.१५, हाइड्रोपवार ०.०५, होटल तथा पर्यटन ०.३९ तथा विकास बैंक ०.४८ प्रतिशत बढे । बैंकिङ ०.११, फाइनान्स ०.८७, जीवन बीमा ०.१९, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह सूचक ०.०२ प्रतिशत घटे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्