आज सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ११

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन बजार मापक नेपाल स्टक एक्सचेन्ज नेप्से २४.४५ अंकले घटेर नेप्से परिसूचक २९३५.९४ विन्दुमा बन्द भएको छ ।

३४५ कम्पनीको सेयर कारोबार हुँदा २१३ कम्पनीको मूल्य घट्यो, ४५ को मूल्य बढ्यो भने सातवटाको स्थिर रह्यो ।

नेप्सेका अनुसार, आज १५ अर्ब नौ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन १४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो ।

५ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटेल फरेस्ट इनको मूल्य १० प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *