|
२०८२ चैत्र १
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्ममा कुल ७ खर्ब ४७ अर्ब २८ करोड ५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार फागुन ३० गतेसम्म सो बराबर राजस्व सङ्कलन भएको हो ।
यो सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३.७५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको फागुन मसान्तसम्म ७ खर्ब २० अर्ब २४ करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
त्यस्तै, फागुन महिनामा मात्रै सरकारले ८२ अर्ब २५ करोड ५६ लाख रुपैयाँ राजस्व उठाएको छ ।
मन्त्रालयका अनुसार फागुन मसान्तसम्म कुल ९ खर्ब १० अर्ब २० करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । आठ महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८२.१० प्रतिशत मात्र प्रगति हासिल भएको अर्थ मन्त्रालयले जनाएको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्