शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ७८ पैसा कायम गरिएको छ।

अन्य विदेशी मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५७ पैसा र बिक्री दर ९६ रुपैयाँ ९७ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर १०३ रुपैयाँ ७४ पैसा र बिक्री दर १०४ रुपैयाँ १७ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १६७ रुपैयाँ ७४ पैसा र बिक्री दर १६८ रुपैयाँ ४४ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १९३ रुपैयाँ ५३ पैसा र बिक्री दर १९४ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। स्विस फ्रान्क, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, युएई दिराम लगायत अन्य मुद्राको विनिमय दर पनि सार्वजनिक गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमय दर संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *