सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १३

काठमाण्डौँ । १७औँ वाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले आफ्नो स्थापनाकालको २३औँ वर्ष पूरा गरेको छ ।

बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा का।मु।प्रमुख कार्यकारी अधिकृत लगायत बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ।

यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रही १५ वर्ष सेवा अवधि पूरा गर्नुभएका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उहाँहरुलाई सम्मान पनि गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *