काठमाण्डौँ । विभिन्न सहकारीले बचत अपचलन गरी बदनामी कमाइरहेका वेला कर्णालीका सहकारी भने सङ्कटमुक्त देखिएका छन् । सहकारीमा समस्या नआउँदा सेयर सदस्यहरूको ८ अर्बभन्दा बढी बचत रकम सुरक्षित रहेको पाइएको हो ।
नियमित अनुगमन तथा सुपरिवेक्षणका क्रममा अन्यत्रजस्तो कर्णाली प्रदेशभित्रका सहकारीमा खासै समस्या नरहेको निष्कर्ष कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालयले निकालेको छ ।
कार्यालयका अनुसार, कर्णाली प्रदेशमा ३११ वटा सहकारी संस्था सञ्चालित छन् । तीमध्ये २९१ जिल्लास्तरीय संस्था, ७ जिल्ला सङ्घ र १३ विषयगत सङ्घका सहकारी छन् ।
जिल्लागत रूपमा सबैभन्दा धेरै सहकारी सुर्खेतमा छन् । यहाँ १०२ वटा सहकारी छन् भने दैलेखमा ३७, जुम्लामा ३४, कालिकोटमा ३२, जाजरकोटमा २७ वटा सहकारी दर्ता छन् । यस्तै, सल्यानमा २५, रुकुमपश्चिममा २३, हुम्लामा १५, मुगुमा ११ र डोल्पामा ५ वटा सहकारी दर्ता भएका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्