|
२०८२ कार्तिक ३०
काठमाण्डौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
गत कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चुक्ता पूँजीमा आधारित रही ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ । घोषणा गरिएको बोनस र नगद लाभांश स्वीकृतिका लागि कम्पनीले आगामी साधारणसभा तथा नियामकको स्वीकृति प्रक्रियाबाट अघि बढाउनेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्