|
२०८२ कार्तिक ६
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा युरोपियन युरो र ब्रिटिश पाउण्ड स्ट्रलिङको भाउमा सामान्य गिरावट आएको छ।
आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा कायम गरिएको छ। युरोको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, पाउण्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा तोकिएको छ।
अन्य मुद्रामध्ये स्वीस फ्रयाङ्क, अष्ट्रेलियन र क्यानेडियन डलर लगायतका दरमा सानो उतार–चढाव देखिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर संशोधन गर्न सकिने जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्