बिहीबार सेयर बजार २५ सयमुनि झर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

काठमाण्डौँ । बिहीबार सेयर बजार १८.४० अंक घटेको छ । सो घटाइसँगै नेप्से २४८७ अंकमा झरेको छ ।

बजार बन्द हुँदाको आजको अंक गत वर्षको असोज १३ यताकै न्यून हो । केही दिनयता बजार निरन्तर ओरालो लागेको छ । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो । बैंकिङ ०।०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् ।

विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशत घटे ।

हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.६९, इनिफिनिटी लघुवित्तको ३.८९, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ३.७९ प्रतिशत बढ्यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *