|
२०८२ आश्विन २३
काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोट लाउन्जमा विषेश छुट पाउने भएका छन् । उक्त सम्बन्धमा बैकले होटलसँग सम्झौता गरेको छ ।
सम्झौता अन्तरगत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई उक्त होटलले एयरपोट लाउन्जमा प्रदान गर्नेसहित विभिन्न सेवामा छुट दिनेछ ।
बैंकका अनुसार ग्राहकले र्याडिसन एयरपोर्ट लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेयपदार्थमा २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्यानक्वीलीटी स्पामा १५ प्रतिशत र र्याडिसन फिटनेस सेन्टरमा २० प्रतिशत छुट पाउने छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्