काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका शाखाहरूका लागि “इन्स्पायरिङ लिडरसिप एण्ड पर्फरमेन्स सेमिनार : अचिभिङ बजेट गोल्स एण्ड अपरेशनल सक्सेस इन गण्डकी, कर्णाली एण्ड सुदूरपश्चिम” कार्यक्रम आयोजना गरेको छ।
सेमिनार काठमाडौँमा सम्पन्न भएको हो, जसमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो।
बैंकका अनुसार, सेमिनारमा अघिल्लो आर्थिक वर्षको कार्य प्रगतिबारे समीक्षा गरिएको साथै चालु आर्थिक वर्षका प्राथमिकताहरूमा गहिरो छलफल भएको छ। केन्द्र र प्रदेश स्तरीय सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले अन्तरक्रिया गरिएको बैंकले जनाएको छ।
यसअघि मधेश, बागमती र कोशी प्रदेशमा यस्तै प्रकृतिका सेमिनारहरू सम्पन्न भइसकेका थिए। उक्त श्रृंखलाकै निरन्तरतामा यो सेमिनार गरिएको हो।आर्थिक उपलब्धि
सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा उल्लेखनीय प्रगति गरेको जनाएको छ। कर्जा, निक्षेप र खुद ब्याज आम्दानी लगायतका सूचकहरूमा दोहोरो अंकको वृद्धि भएको छ।
- कर्जा प्रवाह: ११.१५% ले वृद्धि भई १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको
- निक्षेप संकलन: ११.६९% वृद्धि भई २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको
- खुद ब्याज आम्दानी: ११.२०% ले वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको
बैंकको कर्जा–निक्षेप अनुपात (CD Ratio) ८१.९१% कायम रहेको छ, जसले सन्तुलित तरलता व्यवस्थापन देखाएको छ। त्यसैगरी, सम्पत्ति प्रतिफल दर (ROA) ०.५५% र पुँजी प्रतिफल दर (ROE) ५.८१% रहेको बैंकले जनाएको छ।
सेवा विस्तार
हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गरिरहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्