|
२०८२ भाद्र ११
काठमाण्डौँ । बुधबार सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँ बढेको हो ।
मंगलबार १ लाख ९८ हजार ७ सय रुपैयाँ थियो । साउन २३ गते सुनको भाउले हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको छ । तीन साता नपुग्दै सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको हो ।
चाँदीको भाउ घटेको छ । अघिल्लो दिन २ हजार ३ सय ६० रुपैयाँ रहेकोमा आज १५ रुपैयाँ घट्दै २ हजार ३ सय ४५ रुपैयाँमा झरेको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्