|
२०८२ श्रावण २७
काठमाडौँ । साताको कारोबारको दिन मंगलबार पनि सेयर बजार घटेको छ। बजार परिसूचक २६.२२ अंकले घटेर २८०० को मनोवैज्ञानिक विन्दुभन्दा तल छरेको हो । योसँगै २७९६.२४ अंकमा बन्द भएको छ ।
आज बजारमा कुल ६ अर्ब ९१ करोड ८९ लाखको कारोबार भएको छ। आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये जम्मा २४ वटाको मात्र मूल्य बढेको छ । २२५ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
उता समूहगत सूचकतर्फ आज होटल तथा पर्यटन बाहेक सबै क्षेत्र नकारात्मक रहेका छन् । यद्यपि आज कुनै पनि समूहका सूचकमा २ प्रतिशत भन्दा धेरैको घटबढ छैन ।
बजार घटे पनि आज सिटी होटलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्