डोल्पाको कृषकलाई माटो स्वास्थ्य कार्ड वितरण गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २७

काठमाण्डौँ । हिमाली जिल्ला डोल्पामा गरिएको माटो परीक्षणबाट जिल्लाको अधिकांश माटो क्षारीय प्रकृतिको रहेको पाइएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरेको ‘माटो परीक्षण तथा माटो स्वास्थ्य व्यवस्थापन’ कार्यक्रमबाट जिल्लाको माटो क्षारीय बन्दै गरेको नतिजा सार्वजनिक भएको हो ।

माटोमा प्राङ्गारिक पदार्थको कमी, असन्तुलित रासायनिक मलको प्रयोग, भू-क्षय तथा लामो समयसम्म एउटै बाली लगाउने प्रवृत्तिका कारण माटोको उर्वराशक्ति घट्दै गएको भन्दै कार्यक्रमले माटो परीक्षणलाई प्राथमिकतामा राखेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डोल्पाले जानकारी दिएको छ ।

एकाइका अनुसार जिल्लाको मुड्केचुला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिका तथा काइके गाउँपालिकाबाट संकलन गरिएको माटोको नमुना परीक्षण गरिएको थियो। परीक्षणमा माटोको पिएच नाइट्रोजन, फस्फोरस तथा पोटास तत्वको अवस्था अध्ययन गरिएको हो ।

जिल्लाका विभिन्न स्थानका माटोको ७६ नमूनाको परीक्षणपछि ४६ नमुना क्षारीय, २४ तटस्थ र ६ अम्लीय माटो भेटिएको इकाईले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *