नाइजेरियामा शसस्त्र डाकुँहरुको आक्रमणबाट कम्तीमा २ सयभन्दा बढीको  मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २५

आबुजा : उत्तर पश्चिम नाइजेरियाको एक गाउँमा शसस्त्र डाकुँहरुको आक्रमणबाट कम्तीमा २ सयभन्दा बढी स्थानीयको मृत्यु भएको छ । उत्तर पश्चिीमी राज्य जाम्फारामा शसस्त्र डाँकुहरुले गरेको प्रतिसोधको आक्रमणमापरी सो संख्यामा स्थानीयहरुको मृत्यु भएको हो । 

जाम्फाराका विभिन्न १० वटा गाउँमा भएको र कुर्फा दान्या गाउँ सबैभन्दाबढी प्रभावित बनेको बताइएको छ । हतियारधारी समूहविरुद्ध त्यहाँको सुरक्षाकर्मीले अपरेसन थालेको र सो अपरेसनको प्रतिसोधमा हतियारधारी डाँकुहरुको समूहले आक्रमण गरेको बताइएको छ । करिब ३ सयको संख्यामा गाउँ पसेका हतियारधारी समूहको आक्रमणमापरी सोमबारदेखि बिहिबार रातीसम्म सो संख्यामा गाउँलेहरु मारिएको स्थानीय अधिकारीहरुले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् । 

आक्रमणमापरी मारिएकाहरुलाई सामूहिक चिहानमा गाडिएको त्यहाँका सामुदायिक नेतृत्वकर्ता बलाराबे अल्हाजीले बताएका छन् । सो आक्रमणमापरी मारिएकाहरुको सेनाले थप खोजी गरिरहेको बताइएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *