आजको मौसम : केही पहाडी भू–भागबाहेक देशभर सफा रहने

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन २२

काठमाडौँ : देशभरको मौसम आज सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ। आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ।
यसैगरी, आज राति प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी/हिमाली भू–भागहरुको एक÷दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *