एमालेको अवरोधका कारण २२ गतेसम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १९

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगन भएको छ । संघीय संसदमा दिउँसो १ः१० बजेबाट शुरू भएको बैठक १० मिनेट पनि नहुँदै स्थगन भएको हो ।

सभामुख अग्नि सापकोटाले अर्काे बैठक २२ असोजमा बस्ने जानकारी दिदै बैठक स्थगन गरेका हुन् । यसअघि एमालेको अवरोधकै वीच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६÷७७’ पेस गरेका थिए । त्यसलगत्तै बैठक स्थगन भएको हो ।

वैशाख २७ मा ह्विप उलंघन गरेको आरोपसहित कारवाही गरिएका माधव नेपालसहित १४ जना सांसदको सूचना नटाँसेसम्म संसद चल्न नदिने अडान एमालेले राखेको छ।

उक्त कारवाही सदर नगरेसम्म संसद चल्न नदिने एमाले कार्यालय सचिव शेर बहादुर तामाङले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *