‘एउटा यस्तो प्रेम कहानी’ निशुल्क चलाउन हल सञ्चालकलाई निर्माण पक्षको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ३०

काठमाडौं । नेपाली कथानक चलचत्रि ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण टिमले चलचित्रलाई निशुल्कमा चलाउन हल सञ्चालकलाई आग्रह गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण थलिएको नेपाली सिने क्षेत्रलाई चलायमान बनाउन गत बर्ष माघ १ गते अल नेपाल रिजिल भएको चलचित्र एउटा यस्तो प्रेम कहानी निशुल्क सञ्चालन गर्न आग्रह गरिएको निर्माण तथा अभिनेता शिव श्रेष्ठले बताए ।

कोरोनाको पहिलो लहरका समयमा बन्दभएका हलहरु खोल्ने प्रयास हामीले गरेका थियौं अहिले संक्रमण कम हुदै जादा सरकारले हल सञ्चालन अनुमति दिएको छ, तर लगानी कर्ताले तेस्रो लहर आउन सक्ने भन्दै जोखिम उठाउन नचाहेकाले हामी निशुल्क चलाउन दिने घोषणा गरेको छौं अभिनेता श्रेष्ठले भने ।

उनले भने नेपालको कला क्षेत्र कोमामा जानु हुदैन । अहिले लगानी नउठ्दा तर, देशको सिनेक्षेत्र चलायमान हुनेमा निर्माण पक्षको विश्वास छ ।

श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ गत वर्ष माघ १ गते बाट देशभर प्रदर्शनमा आएको थियो । निर्माण पक्षले सिनेमा चलाए वाफत कुनै रकम दिनु नपर्ने घोषणा गरेको छ ।

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ ।

चलचित्रको निर्देशन दिपेश सापकोटाले गरेका हुन् । फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् ।

खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सह–निर्माताहरु हुन् ।

चलचित्रकालागि विश्व नेपाली र अस्मिता परियारले गाएको तिम्रो आखा“बाट म संसार देख्न चाहान्छु बोलको गीत अहिलेपनि चर्चित छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *