|
२०७८ भाद्र ३
एजेन्सी । अभिनेत्री शिल्पा शेट्टी ‘सुपर डान्सर ४’ को सेटमा फर्किएकी छन् । अस्लील भिडिओ निर्माणको आरोपमा उनका श्रीमान राज कुन्द्रा पक्राउ परेपछि उनले शोबाट ब्रेक लिएकी थिइन् ।
कुन्द्रा पक्राउ परेसँगै उनी विवादमा तानिएकाले शोमा केही समय देखा परेकी थिइनन् । यस साता प्रसारण हुने शोमा उनी देखिने भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
शिल्पा सन् २०१६ देखि नै यो शोमा निर्णायकको भूमिका निर्वाह गर्दै आएकी छन् । शोमा शिल्पाको अलावा अनुराग बसु र गीता कपूर निर्णायकको रूपमा देखिने गरेका छन् । शिल्पाको अनुपस्थितिमा शोमा सङ्गीता बिजलानी, ज्याकी श्रफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथिका रूपमा सहभागी भएका थिए ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्