|
मंसिर १२, २०८३
काठमाडौँ । देशमा हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा बिहानैदेखि हुस्सु र तुवाँलो लागेको छ भने अन्य अधिकांश क्षेत्रमा मौसम सफा रहेको छ।
महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
देशका अन्य क्षेत्रमा भने उल्लेखनीय मौसमी गतिविधि देखिने सम्भावना नरहेको महाशाखाले जनाएको छ।

दाक्सु मिडिया


तपाईको प्रतिक्रिया दिनुहोस्