फार्मदेखि भान्छासम्म दाङको दबदबा, अण्डा उत्पादनमा नयाँ उचाइ

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १९, २०८३

दाङ । बजारीकरणको समस्याले घटेको दाङको अण्डा उत्पादन फेरि बढ्न थालेको छ। कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा बजार अभावका कारण उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो। अहिले किसानहरू संगठित भएर बिक्री वितरणमा सक्रिय भएपछि उत्पादन बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ।

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार जिल्लामा नौ लाखभन्दा बढी लेयर्स कुखुरा छन् भने १५० भन्दा बढी किसान संघमा आबद्ध छन्। दाङमा उत्पादित अण्डाको करिब २० प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको छ भने बाँकी ८० प्रतिशत अन्य जिल्लामा पठाइन्छ।

बजारीकरणलाई सहज बनाउन तुलसीपुरमा डिपोसमेत सञ्चालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *