२१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्‍यो हवाई फायर

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १६, २०८३

काठमाडौं । सुनसरीको धरानबाट प्रहरीले २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

धरान उपमहानगरपालिका–२० च्यानडाँडामा सोमबार बिहान दुईवटा जिपमा गाँजा लोड गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई फेला पारेको हो। प्रहरी देखेपछि भाग्न खोज्दा दुई राउन्ड हवाई फायर गरी पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुवै जिपबाट आठ पोका गाँजा बरामद भएको छ। पक्राउ पर्नेमा चार जना नेपाली र एक जना भारतीय नागरिक छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *